जोडिनुहोस
  • होमपेज
  • नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्छ : ओली

नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबिच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।

ओलीले दुई देशको भलिबल टोलीबिच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances