जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको बताएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले हालसम्म बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्र्किएको जानकारी दिएकी हुन् ।

उनले विद्यार्थी फर्किने क्रम जारी रहेको बताइन् । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् । बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका