जोडिनुहोस
  • होमपेज
  • मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

काठमाडौँ — सांसदहरुले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधिसभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शिर निहुरिएको धारणा राखिन् । छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने उनको भनाइ थियो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने धारणा राखे । समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा उनको जोड थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका