जोडिनुहोस
  • होमपेज
  • दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ: ऊर्जामन्त्री खड्का

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ: ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन् । मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आफ्नो २० औँ स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको विद्युत् विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए। मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । विद्युत् विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत सम्बद्ध सबै पक्ष आह्वान गरे ।

उनले भने-‘हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं । अब दुई वर्षभन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौँ ।’ त्यस अवसरमा मन्त्री खड्काले सशस्त्र द्वन्द्वकालको कठिन अवस्थामा पनि समुदायमा विद्युतीकरणको काम गरेको भन्दै समुदायमा आधारित विद्युतीकरण सम्बन्धी सङ्घ, संस्थाप्रति आभार समेत व्यक्त गरे ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?