जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमालेको गठबन्धन भ्रष्टाचारका फाइल रोक्न : सांसद मोदी

कांग्रेस–एमालेको गठबन्धन भ्रष्टाचारका फाइल रोक्न : सांसद मोदी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारका फाइल बन्द गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सत्तासमीकरण बनाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो जिकिर गरेका हुन् ।

संविधान संशोधन गर्ने भनेर सत्ता गठबन्धनले जनतामा भ्रम छरे पनि उनीहरूले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको उनले बताए । गिरिबन्धु टी–स्टेट र भुटानी शरणार्थी प्रकरणको छानबिनलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन ? भन्दै उनले प्रश्न समेत गरे ।

“…नेकपा (एमाले) र नेपाली कांग्रेसले संविधान संशोधन गर्लाजस्तो मलाई लाग्दैन,” उनले भने, “खालि उहाँहरूले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाइलहरू बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो ।”

सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए । “…हाम्रो पार्टी आज प्रतिपक्षमा छ,” उनले भने, “भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौँ ।”

सुशासनका पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरिएको भन्दै उनले कांग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गरे । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help