जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका