जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

एकीकृत समाजवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

हेटौडा । एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले मुख्यमन्त्री लामालाई मत दिन नसक्ने बताएका हुन् ।

उनले गुटगत भागबन्डाका कारण सङ्घीयता र संविधानलाई नै खतरा हुने काम भइरहेको बताए । ठुला दलको गुटगत राजनीतिका कारण प्रदेश सरकारको प्रदेशका मन्त्री र मन्त्रालय निरन्तर बढिरहेको उनको भनाई छ । ठुला दलहरूले गुटमिलनको अखडा केन्द्रलाई बाइरहेको उनले बताए ।

केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशमा सरकार परिवर्तन हुनमा कुनै राजनीतिक तर्क नरहेको उनले बताए । राजनीतिक स्थायित्वका नाममा विना विभागीय मन्त्री राख्ने र मन्त्रालय बढाउने काम भइरहेको उनले बताए ।

दलहरूले स्थायित्व नै चाहेको हो भने प्रदेशमा ७ मन्त्रालय कायमगरी मितव्ययी हुन उनले आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका