जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा निर्णय लिइने नेताहरूले बताएका छन् । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो । बाँकी रहेको २०६ सदस्य चयन गर्न एकीकृत समाजवादीमा सकस छ ।

आकांक्षी धेरै हुँदा छान्न समस्या भएको नेताहरू बताउँछन् । सोही विषयमा आजको बैठकले निर्णय लिएपछि बाँकी रहेका १८ पदाधिकारी छनोट गरिने नेताहरूले जनाएका छन् । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका