जोडिनुहोस
  • होमपेज
  • बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

मोरङ । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई ढलाएर अस्पतालबाटै फरार भएका छन् । स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मोरङ जिल्ला कारागारबाट उपचारका निम्ति मोहम्मदलाई अस्पताल लगिएको थियो । पेटमा समस्या देखिएपछि गएको मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

शौचालय जाने भन्दै निस्किएका उनी सुरक्षामा खटिएका प्रहरीलाई हातले ठेलेर लडाउँदै फरार भएका थिए । उनी नेपालबाट भारत सीमातर्फ जाने सक्ने भएकाले जोगबनीलगायत नाकामा निगरानी बढाइएको मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

विराटनगर महानगरपालिका–८ का स्थायी बासिन्दा मोहम्मद जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ०७९ फागुन २९ गते जिल्ला अदालत मोरङले उनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका