जोडिनुहोस
  • होमपेज
  • जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, २० गते ‘भोटो जात्रा’

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, २० गते ‘भोटो जात्रा’

ललितपुर। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्‍याइएको हो ।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले विहिबार रथलाई जावलाखोल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिनुभयो । उहाँको अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका