जोडिनुहोस
  • होमपेज
  • फ्रेन्चाइजीको स्वामित्व लिन क्यानले खुलायो प्रस्तावना

फ्रेन्चाइजीको स्वामित्व लिन क्यानले खुलायो प्रस्तावना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० क्रिकेटको फ्रेन्चाइजी स्वामित्व किन्नका लागि प्रस्तावना आह्वान गरेको छ । क्यानले आफ्नै आयोजनामा हुने फ्रेन्चाइज टी–२० लिगका निम्ति क्लबको फ्रेन्चाइजी किन्न आज विज्ञप्ति जारी गर्दै प्रस्तावना आह्वान गरेको हो ।

क्यानले फ्रेन्चाइजी किन्न बिडिङ कम्पनी नेपालको कम्पनी रजिस्टारमा दर्ता भएको हुनुपर्ने कानुनी प्रावधान राखेको छ ।विदेशी कम्पनीको हकमा फ्रेन्चाइजीको स्वामित्व लिन चाहेमा सो कम्पनी नेपालका स्थानीय कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ हुनुपर्ने क्यानले जनाएको छ । क्यानले फ्रेन्चाइजीका लागि बिडिङ गर्ने कम्पनी कुनै अपराधिक गतिविधि, आर्थिक धोखाधडी र अन्य गैरकानुनी कार्यमा दोषी ठहर भएको वा संलग्न देखिएको हुन नहुने पनि जनाएको छ ।

फ्रेन्चाइजीका निम्ति क्यानलाई फारम लिन एक लाख रुपैयाँ बुझाउनु पर्नेछ । क्यानले इच्छुक कम्पनीले अगस्ट १६ सम्म फारम बुझाउन म्याद दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका