जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा अझै एक घण्टा वर्षाको सम्भावना

काठमाडौंमा अझै एक घण्टा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा अझै केही बेर वर्षाको सम्भावना छ । तर, वर्षा हुने क्रम क्रमशः चितवन, मकवानपुरतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दिउँसो–अपराह्न वर्षा भएको हो । अझै कतिपय ठाउँमा वर्षा भइरहेको छ । अब बढीमा डेढ घण्टाजति (शुक्रबार बेलुका ५ बजे दिएको जानकारी) वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

“अहिलेलाई काठमाडौं उपत्यकामा अब एक घण्टा वा बढीमा डेढ घण्टाजति वर्षाको सम्भावना छ,” उनले भने, “तर, एक साइटमा रोकिइसकेको छ, अर्को साइटमा परिरहेको छ । यो पनि धेरै बेर पर्ने देखिँदैन ।” हाल मनसुनको समय र त्यसकै कारण वर्षा भएको उनले जानकारी दिए । मनसुन प्रणालीमा स्थानीय वायु पनि मिसिएको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका