जोडिनुहोस
  • होमपेज
  • नेपालको पुरुष टोली पनि काभा बिच भलिबलको फाइनलमा

नेपालको पुरुष टोली पनि काभा बिच भलिबलको फाइनलमा

नेपालको पुरुष बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्स बी लाई २१-१०, २१-१६ को सेटमा हरायो । यसअघि नै नेपालको महिला टोली पनि प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । कमला पुन र मनीषा चौधरीको नेपाली जोडीले सेमिफाइनलमा शनिवार उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाईनल पुगेको हो । नेपालको पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग तथा महिला टोलीले फाइनलमा उज्वेकिस्तान ए टिमसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक रुपेश विष्टले जानकारी दिए । फाइनल खेल पनि आजै हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका