जोडिनुहोस
  • होमपेज
  • गोरखा ; सिङ्ला रेसेको पहिरोमा बेपत्ता थप एक जनाको शव भेटियो

गोरखा ; सिङ्ला रेसेको पहिरोमा बेपत्ता थप एक जनाको शव भेटियो

गोरखाको धार्चे गाउँपालिका–५ सिङ्ला रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि भेटिएको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीय रमेश परियारको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

परियारको शव घटनास्थलबाट दुई किलोमिटर तल रेसे खोलामा फेला परेको श्रेष्ठले बताउनुभयो । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा पहिरोमा परेर बेपत्ता हुनुभएको थियो ।

गएको आइतवार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका सुलाल कान्छा गुरुङ, जीतबहादुर गुरुङ, रेशम गुरुङ र कान्छी गुरुङको यसअघि नै शव भेटिएको थियो । पहिरोमा परेर दिलीप गुरुङ र खमबहादुर गुरुङ घाइते भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका