जोडिनुहोस
  • होमपेज
  • काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।

नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका