जोडिनुहोस
  • होमपेज
  • ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै, पछ्याउँदै अमेरिका र फ्रान्स

ओलम्पिक पदक तालिकाको शीर्षमा चीन कायमै, पछ्याउँदै अमेरिका र फ्रान्स

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को नवौँ दिन पनि चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । यही साउन १२ गतेदेखि प्रतियोगिता जारी छ ।

चीन १६ स्वर्णपदकसहित तालिकाको शीर्ष स्थानमा छ । चीनले १२ रजत र नौ कांस्यसहित कुल ३७ पदक जितेको छ ।यो सूचीको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेको छ ।

तेस्रो स्थानको फ्रान्सले १२ स्वर्ण जितेको छ । फ्रान्सले १४ रजत र १५ कांस्यसहित कुल ४१ पदक जितेको छ ।चौथो स्थानको अस्ट्रेलियाले १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित २७ पदक जितेको छ । पदक तालिकाको पाँचौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १० स्वर्ण, १० रजत र १३ कांस्यसहित ३३ पदक जितेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका