जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २५ गते बुधबारको राशिफल

आज २०८० साल पुस २५ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः मन अस्थिर हुने भएकाले सचेत बन्नुपर्छ। मन खराब काममा जाने हुँदा यसलाई नियन्त्रण गर्नु आवश्यक छ। राम्रो संगत भए खराब मानसिकता परिवर्तन हुन्छ। परिवार र प्रेम सम्बन्धमा समस्या पर्ने देखिन्छ।

वृषः शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आजको दैनिकी राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। आज राम्रो कामको थालनी गर्नुभयो भने सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेममा सफलता मिल्नेछ।

कर्कटः स्वास्थ्यको क्षेत्रमा विवाद हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंहः दिन राम्रो छ। शिक्षा क्षेत्र सबल छ। लगानी गरेको भए शिक्षा क्षेत्रमा उपलब्धि हुनेछ। परिवारमा मनमुटाव बढ्नेछ।

कन्याः आजको दिन सामान्य छ। नम्र भएर काम गर्नु फाइदाजनक हुन्छ। आफन्तले कमजोरी खोजी गर्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नुभन्दा आफ्नो निर्णय आफै गर्नुपर्छ।

तुलाः समय राम्रो छ। स्वास्थ्य, शिक्षा, अर्थ र धर्मको क्षेत्रमा फाइदा हुनेछ। बौद्धिकताको सम्मान हुनेछ। राजनीतिक क्षेत्रलाई सेवाको मध्यम बनाउने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः कम बोल्नु राम्रो हुन्छ। पैसा सञ्चित गर्नेक्रममा विवाद हुनसक्छ। बिहान पिपलको दर्शन गरेर गरेको काम सफल हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः आजको दिन सामान्य छ। मन चञ्चल हुनेछ। शिक्षा क्षेत्र राम्रो छ। पुराना झमेला उल्टिनसक्ने देखिन्छ। स्वदेशमै लगानीको अवसर मिल्ने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

मकरः दैनिकी सामान्य राम्रो छ। रिसले आफ्नो बदनामी गर्ने भएकाले सचेत हुनुपर्छ। लोभ र मोहलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। बन्धुबाट सहयोग लिएमा काम बन्नेछ। परिवारको साथ रहने छ।

कुम्भः दिन सामान्य छ। झुटा आरोप लाग्नसक्ने हुनसक्छ। नसोचेका साथीबाट सहयोग लिन सक्नुहुन्छ। पन्छीलाई दाना प्रदान गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीनः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। खानपानमा ख्याल गर्नुभएन भने स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। परिवारबाट सहयोग प्राप्त हुने भएकाले दिन सुखमय बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्