जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले गरे टियु क्रिकेट मैदान बारे क्यान पदाधिकारीसँग छलफल, क्रिकेट मैदानमा चासो

प्रधानमन्त्रीले गरे टियु क्रिकेट मैदान बारे क्यान पदाधिकारीसँग छलफल, क्रिकेट मैदानमा चासो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ ।’

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका