जोडिनुहोस
  • होमपेज
  • सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका २८ वर्षीय अशोक राजभार भने गम्भीर घाइते भएका छन् ।

घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल ९बर्दघाट सुस्तापश्चिम०मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका