जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हवाई सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टीका नेताहरूका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवाले हवाई सुरक्षाका बारेमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी सांसद उदय शमशेर राणाका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आइकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी दिएको बताए ।

उनले हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले जिम्मेवारी नलिने प्रवृत्तिप्रति ध्यानाकर्षण गराइएको पनि बताए ।

‘नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा प्रधानमन्त्रीज्यूसँग हामीले छलफल गरेका छौँ,’ सांसद राणाले भने, ‘हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

प्रधानमन्त्री ओलीसँग छलफल गर्न सभापति देउवासँगै सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाईँ, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाईँ, राजन केसीलगायत बालुवाटार गएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका