जोडिनुहोस
  • होमपेज
  • दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप हिजो बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका