जोडिनुहोस
  • होमपेज
  • कांग्रेसमा ३८ विभागका प्रमुख तोक्दै देउवा

कांग्रेसमा ३८ विभागका प्रमुख तोक्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लागेका हुन् । स्रोतका अनुसार देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेका छन् ।

त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८ विभागका प्रमुखको नाम सोमबार नै प्रकाशित गर्ने तयारी छ । सभापति देउवा निवासमा सोमबार विहान शीर्ष नेताहरु छलफलमा बसेका थिए । उक्त छलफलपछि विभागका प्रमुख तोक्ने विषयमा सभापति देउवा र दुई महामन्त्रीले छुट्टै छलफल गरेका थिए ।

विधानतः महाधिवेशन भएको छ महिना भित्र विभाग र समितिहरु गठन भइसक्नुपर्छ । हालसम्म १७ वटा मात्रै विभागका गठन गरिएको छ । गठन भएका विभागले समेत पूर्णता पाउन सकेका छैनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका