जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २२ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २३ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २५ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २५ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • २८ मिनेटutes अगाडि
  • होमपेज
  • परराष्ट्रमन्त्रालयको कूटनीतिक पहलको सफलता : इरान जेलबाट मुक्त ५ नेपाली स्वदेश फिर्ता

परराष्ट्रमन्त्रालयको कूटनीतिक पहलको सफलता : इरान जेलबाट मुक्त ५ नेपाली स्वदेश फिर्ता

काठमाडौं । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिकलाई नेपाल सरकारले कूटनीतिक पहलमार्फत सकुशल उद्धार गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरू २०८२ साउन ८ गते (२४ जुलाई २०२५) राति काठमाडौं अवतरण गरेको जानकारी दिएको हो।

गत जुन महिनामा इजरायल–इरानबीच भएको सशस्त्र द्वन्द्वको बेला इरानमा रहेका नेपालीहरूको सुरक्षा र हकहितका लागि परराष्ट्र मन्त्रालय, तेहरानस्थित अवैतनिक वाणिज्यदूत, र अन्तर्राष्ट्रिय आप्रवासन संगठनसँग समन्वय गर्दै आएको थियो। इरानी अदालतबाट थुनामुक्तको आदेशपछि उनीहरूलाई उद्धार गरी स्वदेश फर्काइयो। यस प्रक्रियामा भारत सरकारको समेत महत्वपूर्ण सहयोग रहेको मन्त्रालयले जनाएको छ।

यसबाहेक, द्वन्द्वकालीन समयमा इरानबाट अन्य ९० जना नेपालीलाई भारतीय विमानमार्फत भारत हुँदै स्थलमार्गबाट नेपाल फर्काइएको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सहयोग पुर्‍याउने भारत सरकार, इरानका सम्बन्धित निकाय, नेपाली वाणिज्यदूत, तथा निरन्तर जानकारी प्रवाह गर्ने सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ।