जोडिनुहोस
  • होमपेज
  • मंगोलियाको जंगलमा आगलागी बढ्यो

अन्तर्राष्ट्रिय

मंगोलियाको जंगलमा आगलागी बढ्यो

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जंगल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३।८ प्रतिशतले बढी हो ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जंगली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जंगल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भुइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।

मंगोलियामा कठोर जलवायु विविधता रहेको छ र यहाँ सामान्यतया वसन्त ऋतुको समयमा सुख्खा र हावाहुरी चल्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्