जोडिनुहोस
  • होमपेज
  • बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

बंगलादेशका नेपाली विद्यार्थीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे सोमबार जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिइन् । बंगलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराएका छन् । मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसके पनि त्यहाँ बाँकीको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर समन्वय गर्न दूतावासलाई निर्देशन दिइन्। ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाले त्यहाँका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम् सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

उक्त सूचनामा बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी छन् । उनीहरू बसै सुरक्षित रहेका जानकारी आएको छ। सूचनामा नेपाल फर्कन चाहनेले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्रै यात्रा गर्न दूतावासले भनेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help