जोडिनुहोस
  • होमपेज
  • युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो – मन्त्री चौधरी

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो – मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताएका छन् । मंगलबार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गरे । उनले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । उनले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पारे । मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका