जोडिनुहोस
  • होमपेज
  • बागलुङमा पहिरो ; ७ जनाको ज्यान गयो, ४ जनाको जीवितै उद्धार

बागलुङमा पहिरो ; ७ जनाको ज्यान गयो, ४ जनाको जीवितै उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । आज बिहान बडिगाड गाउँपालिका–९ मा एउटा घर पुरिँदा दुई जना र बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको ज्यान गएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूको परिचय खुलिसकेको छैन । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका