जोडिनुहोस
  • होमपेज
  • इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै

इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै

इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस सञ्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । ‘असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउँदैछौँ’ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ । नागरिकको सहजताका लागि सञ्चालनमा ल्याउन लागेको यो नगरबस सहजरूपमा सञ्चालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जीपीएस जडानको साथै सुचनामैत्री बनाइने छ । बसमा सिसि क्यामेरा लगायतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ । नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ । उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपांग मैत्री हुने छ । गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका