जोडिनुहोस
  • होमपेज
  • टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ९टीआरसी० टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलले एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो। उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो।

गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो।

लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुङ्गिएपछि सहमति भएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका