जोडिनुहोस
  • होमपेज
  • काठमाडौं विमानस्थलबाट साढे सात किलो कोकिन बरामद

काठमाडौं विमानस्थलबाट साढे सात किलो कोकिन बरामद

सशस्त्र प्रहरी बल, नेपाल र भन्सारको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलो लागू औषध कोकिन बरामद गरेको छ । सुरक्षा फौजले कोकिन बोकेर आएका ल्याटीभियन नागरिक समेतलाई पक्राउ गरेको छ ।

दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा सोमबार राती सवा १ बजे विमानस्थल आइपुगेका ५१ वर्षे इभार्स भाल्टर्सले लुकाएर ल्याएको साढे ७ केजी कोकिन सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले बरामद गरेका हुन् ।

भाल्टर्सका साथमा रहेको ह्याण्डब्यागभित्र राखिएको सिरानीमा शंका लागेपछि चेकजाँच गर्दा पहेँलो रंगको चकलेट आकारभित्र ७ केजी ६६५ ग्राम कोकिन पाउडर बरामद भएको हो ।

विमानस्थलबाट उनलाई थप अनुसन्धानका लागि खानतलासी र बरामद मुचुल्कासहित प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बिहान साढे ४ बजे बुझाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका