जोडिनुहोस
  • होमपेज
  • आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीमा जलसतह बढ्ने

आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीमा जलसतह बढ्ने

आज कोशी, महाकाली र यसका केही प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने अनुमान छ । यी नदीमा जलसतह सतर्कता आसपास रहने भएकाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाकाअनुसार आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव बढ्ने तथा कतैकतै आकस्मिक बहाव हुन सक्छ । यी जिल्ला भएर बग्ने नदी खोला आसपासमा रहनेलाई पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको र सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका