जोडिनुहोस
  • होमपेज
  • अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो

ढाका । बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् ।

उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् ।

उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए ।

प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने छ । उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व सुम्पिने निर्णय गरेका हुन्।

बंगलादेशी विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने बताएका थिए। तर विद्यार्थीहरूले युनुसको नेतृत्वमा बन्ने सरकार स्वीकार्ने बताएका थिए ।

मोहम्मद युनुसले पत्रकारसँगको कुराकानीका क्रममा आफूलाई बंगलादेशले दोस्रो पटक स्वतन्त्रता पाए जस्तै महसुस भएको बताए ।

मोहम्मद युनुसले बंगलादेशमा कानुन व्यवस्था बहाली गर्न अपील पनि गरेका छन् । उनले पछिल्ला केही दिनयता देशमा उथलपुथलको माहोल देखिएको भन्दै अब सम्हाल्ने बेला आएको बताए ।

गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका