
सोमबार पनि सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।