जोडिनुहोस
  • होमपेज
  • हसिनाका छोरा भन्छन्– चुनाव घोषणा हुनासाथ आमा बंगलादेश नै फर्किनुहुन्छ

हसिनाका छोरा भन्छन्– चुनाव घोषणा हुनासाथ आमा बंगलादेश नै फर्किनुहुन्छ

ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजिद जयले उनकी आमा बंंगलादेश फिर्ता हुने जनाएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले आफ्नी आमा हसिनालाई कुनै पनि देशमा शरण लिने कुनै इच्छा नभएको बताएका छन् ।

उनले भनेका छन्, “अहिले उनकी आमा केही समयका लागि भारतमा हुनुहुन्छ ।” सजीवले बंगलादेशको अन्तरिम सरकारले चुनाव घोषणा गर्नासाथै हसिना बंगलादेश फिर्ता हुने बताएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो समयमा नै आफ्नी आमाको ज्यान जोगाएकोमा धन्यवाद समेत दिएका छन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भनेका छन्, “म आफ्नो पार्टी र कार्यकर्तालाई बचाउनको लागि जेपनि गर्न तयार छु । यदि यसको लागि मैले राजनीतिमा आउनु परे पनि पछि हट्ने छैन । मलाई पूरा भरोसा छ कि आवामी लिग चुनावमा भाग लिनेछ र हुन सक्छ हामीले जित्न पनि सक्छौं । हामीसँग बंगलादेशमा सबैभन्दा बढी मानिसको समर्थन छ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका