जोडिनुहोस
  • होमपेज
  • बंगलादेशको घटनामा सरकारले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्यजनक: कमल थापा

बंगलादेशको घटनामा सरकारले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्यजनक: कमल थापा

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले बंगलादेशमा मानवताविरुद्धको घटना हुँदा पनि सरकारले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्।

आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन भएको बताए।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’ हिन्दुमाथि भइरहेको आक्रमण अन्त्य गर्न र पीडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका