जोडिनुहोस
  • होमपेज
  • दैलेखमा घर भत्किँदा दुई जना घाइते ; उपचारका लागि आर्थिक अभावले थप समस्या

दैलेखमा घर भत्किँदा दुई जना घाइते ; उपचारका लागि आर्थिक अभावले थप समस्या

दैलेखको नारायण नगरपालिका–५ लेकाली टोलमा घर भत्किँदा दुई जना घाइते भएका छन् । बिहान घर भत्किँदा २१ वर्षका गणेश बिक र १४ वर्षका मंगल बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

सुतिरहेका दाजुभाइ घाइते भएको र लगत्तै उद्धार गरी दैलेख अस्पतालमा पठाएको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते गणेशलाई सुर्खेत पठाएको र मंगलको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।

दैलेख अस्पतालमा उपचारबापत, फार्मेसीको खर्च र नेक बोल्टको गरी १८ सय रुपैयाँ तिर्ने रकम नपाएर आफूहरु अप्ठ्यारोमा परेको घाइते मंगलका आफन्तले गुनासो गरेका छन् ।

त्यस्तै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका गणेशको घाँटीको हड्डी अप्रेसन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न अस्पताल प्रशासनले भनेपछि आर्थिक समस्यामा परेको गणेशका दाजु रुपेश बिकले बताउनुभएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका