जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन्।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका