जोडिनुहोस
  • होमपेज
  • ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

बाँके। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।

सल्यानस्थित प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो।

उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्।

शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त मोटरसाइकल विकले चलाएका थिए। दुर्घटनामा अर्का एक जना पनि घाइते छन्। उनको उपचार जारी छ।

गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका