जोडिनुहोस
  • होमपेज
  • पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ

पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ

काठमाडौं। नेकपा एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाईप्रोफाइल जुवाडे पक्राउ परेका छन्।

गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष र वीरबहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन्।

शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन्।

त्यस्तै अन्य पक्राउ पर्नेमा उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन्। माधव थापा बिरामी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ। शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ। आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances