जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमै खुकुरी हानेर फरार भएका दुई युवक पुरानो बसपर्कबाट समातिए

काठमाडौंमै खुकुरी हानेर फरार भएका दुई युवक पुरानो बसपर्कबाट समातिए

काठमाडौं । रुकुमपूर्वका एकजना युवकलाई खुकरी हानेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने योजनासहित रूकुम पूर्वको सिस्ने गाउँपालिका ५ का २४ वर्षीय युवकलाई शुक्रबार राति खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी नगरपालिका ५ भोटेबास घर भए र काठमाडौं महानगरपालिका १८ बस्ने २५ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा छन् ।

उनीहरूले काठमाडौं महानगरपालिका(२५ उग्रतारा मन्दिरअगाडि शुक्रबार राति रुकुमपूर्वका ती युवकलाई खुकुरी हानेर भागेका थिए।

फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका २८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि थप कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका