जोडिनुहोस
  • होमपेज
  • भारतीय विदेश सचिवद्वारा चार जना मन्त्रीसँग छुटाछुटै भेटवार्ता

भारतीय विदेश सचिवद्वारा चार जना मन्त्रीसँग छुटाछुटै भेटवार्ता

दुई दिने नेपाल भ्रमणका रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज चार जना मन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मिश्रीले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

शहरी विकासमन्त्री सिंहसँगको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, शहरी विकास निर्माणमा सहकार्य सम्बन्धलगायतका विषयमा छलफल भएको छ । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।

यस्तै गृहमन्त्री लेखकसँग सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै देशका नागरिकको सुरक्षालगायतका विषयमा छलफल भएको छ । भेटका क्रममा परराष्ट्रमन्त्री राणाले नेपाल–भारत एअर कनेक्टिभिटी बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गर्नुभएको छ । यस्तै मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव मिस्रीले हिजो राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका