जोडिनुहोस
  • होमपेज
  • २७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्से ३० महिनाकै उच्च

२७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्से ३० महिनाकै उच्च

सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक ३० महिनायताकै अर्थात २०७८ माघयताकै उच्च हो । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४.१३ प्रतिशत बढेका छन् । लगानी ०.१९ र उत्पादन समूह सूचक १. १९ प्रतिशत घटे ।

एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी ऊर्जा, सगरमाथा जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली, आँखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । लक्ष्मी लघुवित्तको ३।८, हिमालयन लघुवित्तको ३।६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा तथा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help