जोडिनुहोस
  • होमपेज
  • माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु

माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु

बारा । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए ।

राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरूलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ । माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका