काठमाडौं । देशभर ५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौंमा २ र प्युठानमा २ जना गरी ५ वटा जिल्लामा ५० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।
त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।