जोडिनुहोस
  • होमपेज
  • टीआरसी विधेयक पीडितमैत्री छ : महेश बर्तौला

टीआरसी विधेयक पीडितमैत्री छ : महेश बर्तौला

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आएको बताएका छन् ।

बुधबाार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् । प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताए । सशस्त्र द्वन्द्वकालका पीडितहरूले न्याय पाउने गरी सो विधेयकलाई दलहरूले सहमतिको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधिसभामा पेस गरिएको पनि स्मरण गराए ।

नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्वहरू रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता पनि औल्याए । उनले भने, “शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी हामीले यो विधेयक ल्याएका छौँ । आज यहाँ जो कानुन प्रतिवेदनसहित पेस भएको छ । यसले पीडितलाई बेवास्ता गरेको छैन । सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानुनले समेटेको छ । उसलाई न्यायको तहमा ल्याएको छ । अन्तर्राष्ट्रिय कानुनलाई यसले समेटेको छ । सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रूपमा स्वीकार गरेको छ । सबै कुराहरू यसमा हामीले भनेका छौँ । यो पीडितमैत्री छ । मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस भन्नेहरू पनि छन् । त्यसतर्फ सचेत रहनुपर्दछ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका