जोडिनुहोस
  • होमपेज
  • रमेश खरेल चर्चामा आउन मविरुद्ध लागे, पदको दुरुपयोग गरेको छैन : कुलमान

रमेश खरेल चर्चामा आउन मविरुद्ध लागे, पदको दुरुपयोग गरेको छैन : कुलमान

काठमाडौं । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चर्चामा आउन दूषित मनसायले पूर्वडीआईजी रमेश खरेल आफूविरुद्ध सुनियोजितरूपमा लागेको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्तिमार्फत घिसिङले चर्चामा आउनकै लागि खरेलले सामाजिक सञ्जालमा गलत विवरण सार्वजनिक गरेको आरोप लगाएका छन् । “खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्यरूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ,” घिसिङले विज्ञप्तिमा भनेका छन् ।

खरेलबाट आफूविरुद्ध आफैँ न्यायिक निकायजस्तो बनेर दोषी करार गर्ने भएको उनको भनाइ छ । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नाले चर्चामा आउनु रहेको घिसिङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्ररूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रस्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन्,” उनले विज्ञप्तिमा भनेका छन् । उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गर्दै भ्रममा नर्पन आग्रह गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका