जोडिनुहोस
  • होमपेज
  • वर्तमान सरकार संविधानको मर्मविपरीत : भीम रावल

वर्तमान सरकार संविधानको मर्मविपरीत : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।

विपरीत सिद्धान्त भएका दुई ठूला दलले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन कि गर्दैनन् भन्ने परीक्षाका रूपमा रहेको उनले उल्लेख गरे ।

उनले संविधान संशोधनमा एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रस्ट भएको बताए । कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उनले जिकिर गरे । ठूला–ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

उनले आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options