जोडिनुहोस
  • होमपेज
  • अवैध रूपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

अवैध रूपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

जलेश्वर । जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका