जोडिनुहोस
  • होमपेज
  • नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं। दुई दिनको सार्वजनिक बिदापछि बिहीबार खुलेको शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ। बुधबार बजार परिसूचक नेप्से २।११ अंकले वृद्धि हुँदा २९६८।४४ को बिन्दुमा बन्द भएको हो।

गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४।४७ अंकले गिरावट भएर २९६६।३३ को बिन्दुमा बन्द भएको थियो। सोमबार र मंगलबारको सार्वजनिक बिदा पछि बुधबार खुलेको नेप्से उतारचढावबीच सामान्य बढेर बन्द भएको हो।

बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिरावट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको हो। वित्त कम्पनी उपसूचक सर्वाधिक ४।९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०।७२ प्रतिशत, बैंकिङ उपसूचक ०।५९ प्रतिशत, लगानी उपसूचक ०।१२ प्रतिशत र अन्य उपसूचक ०।१८ प्रतिशतले वृद्धि भएको छ।

व्यापार उपसूचक २।०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १।०३ प्रतिशत, हाइड्रोपावर उपसूचक ०।७५ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०।६८ प्रतिशतले गिरावट भएको छ। नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ। गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको शेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन।

बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ। जसमध्ये हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ६६ करोडको शेयर कारोबार हुँदा अपी पावरको ४५ करोड ७८ लाख र एभरेस्ट बैंकको ४५ करोड १० लाखको शेयर कारोबार भएको छ।

त्यस्तै सानिमामाई हाइड्रोपावरको ३६ करोड ८१ लाखको शेयर किनबेच भएको छ। बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको शेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका