जोडिनुहोस
  • होमपेज
  • हुम्ला जीप दुर्घटना : गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

हुम्ला जीप दुर्घटना : गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

हुम्ला। बुधबार बिहान हुम्लाको चंखेली गाउँपालिकामा जीप दुर्घटनाबाट गम्भीर घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ललाई थप उपचारका लागि रिफर गरिएको हो।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको छ। उनीहरूको चंखेली गाउँपालिकामा रहेको दार्मा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

आज बिहान करिब ८ बजेको समयमा चङ्खेली गाउँपालिका २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ७ जना घाइते भएका थिए। मोड्ने क्रममा जीप सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका